चुनावको मुखमा एउटा दल छाडेर अर्कोमा प्रवेश गर्ने लहर

सप्तरीका शम्भु यादव २०७४ को स्थानीय चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट राजविराज नगरपालिकाको मेयरमा जितेका थिए । संघीय समाजवादी र राजपाबीच एकीकरणपछि जसपा नेपाल गठन भयो । २०७९ को स्थानीय चुनावमा जसपाले उसलाई टिकट दिएन । त्यसपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनी दोस्रो स्थानमा सीमित भए ।त्यसपछि उनी प्रदेशसभा सदस्यमा उम्मेदवार बन्ने योजनामा लागे । उनले माओवादी केन्द्रबाट प्रदेशसभामा चुनाव लड्ने प्रस्ताव जिल्लाका स्थानीय नेतासमक्ष राखे । तर, प्रदेश