राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन नौ वर्षमा निर्माण सम्पन्न गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा ४० मेगावाट क्षमताको आयोजनाको कार्यालय र कर्मचारी आवासका लागि २०६७ मा १० वटा भवन निर्माण सुरु गरेको थियो ।निर्माण कम्पनीले अधकल्चो बनाएर छोडेको भवन उसँग सम्झौता रद्द गरेर नयाँ ठेक्का प्रक्रियाबाट पूरा गरिएको रघुगंगा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताए ।