जाडो समयलाई मध्येनजर गर्दै जुम्लाको हिमा गाउॅपालिकाले सर्वसाधारण नागरिकको स्वास्थ्य जाँच थालेको छ । गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गरेर बिरामीको जाँच गर्दै औषधि उपचार सेवासमेत दिइएको हो । सो अवसरमा सामान्य रुघाखोकीदेखि दमका समस्या भएका बुढापाकाहरुले स्वास्थ्य सेवा लिएका छन् ।