भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ ।कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उनले बताए । पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने उनको भनाइ छ । आज अपराह्न ४ बजे प्रत