सुरु भयो ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना, ऊर्जामन्त्री र सीपीसीका विदेश विभाग प्रमुख लिउले गरे उद्घाटन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्त रूपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुवात गरेका छन् ।