सल्यान : जिल्लामा पहिलोपटक चैते धान रोपिएको छ। परीक्षणका रूपमा कुमाख गाउँपालिका-२ रागेचौरमा चैते धान रोपिएको हो। जिल्लामा चैत धानको सम्भाव्यता अध्ययनका लागि रागेचौरमा करिब ३ रोपनी खेतमा चैते ५ जातको धान रोपिएको हो।धान उत्पादनमा आत्मनिर्भर रहेको सल्यानमा निर्यातलाई मुख्य उद्देश्य राखेर परीक्षणका रूपमा पहिलोपटक चैते धान रोपिएको हो। बर्खे धानभन्दा चैते धानको उत्पादन २० देखि ३० प्रतिशतले बढी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ सल्यानका हेमन्त रावतले जानकारी दिए। पान