आशा गर्नुहुन्न र आशा गर्नुपर्छ भन्ने कुरा निकै पहिलेदेखि भन्दै र सुनिँदै आएको हो । यसलाई कतिपय भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । संसारमा आशा गर्नु हुन्न भन्नेहरू पनि छन् आशावादी हुनुपर्छ भन्नेहरू पनि छन् । खास गरी अध्यात्मवादी पण्डितहरू आशा गर्नु हुँदैन भन्छन् । यसले जीवनमा दुःखबाहेक केही दिँदैन भन्ने उनीहरूको अभिमत छ । गीतामा कृष्णले पनि यस्तै आशय व्यक्त गरेका छन् तर भौतिकवादी पण्डितहरूको विचार फरक छ । उनीहरू भन्ने गर्छन्– जीवनमा आशावादी हुनुपर्छ, आशा बिनाको जीवनको अर्थ छैन । उनीहरूका अ