तीन वर्षसम्म प्रचण्डलाई धुन धेरै साबुन र ड्रमका ड्रम पानी खर्च भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई धुन तीन वर्ष डोभ साबुन, स्याम्फु र ड्रमका ड्रम पानी खर्च भएपनि नसुध्रिएको बताउनभएको छ । बुधबार सुदूरपश्चिम क्षेत्रका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई धृतराष्ट्रले जस्तो अंगालेको बताउनुभयो । ‘मैले प्रचण्डलाई मित्रताले अँगालेको थिएँ। उहाँले धृस्टरास्ट्रले जस्तो अँगाल्नुभयो’ ओलीले व्यंग गर्दै भन्नुभयो, ‘यी तीन वर्ष डोभ साबुन, स्याम्फु र ड्रमका ड्रम पानी प्रचण्डलाई धुँदाधुँदा खर्च भयो तर जस्ता तस्तै । ओलीले प्रचण्डसँगका सम्झौताले एउटा बाकस भरिएको तर आज सम्झौता गर्यो भोलि उस्तै हुने गरेको आरोप लगाउनुभयो । प्रचण्डले छोरी जिताउन कांग्रेससँग मिलेर मतपत्र च्यातेको आरोप दोहोर्‍याउनुभयो । ओलीले चुनावमा ४० प्रतिशत दिँदा प्रचण्ड अति खुशी भएको समेत बताउनुभयो । दाहालले अध्यादेश फिर्ता गर्दा कपटपूर्ण तरिकाले आग्रह गरेको पनि ओलीको आरोप छ । अविश्वासको प्रस्ताव दर्ता गर्न ठीक्क परेर अध्यादेश फिर्ता गर्न प्रचण्डले आग्रह गरेको उहाँको भनाई छ । प्रचण्डले युद्धका पीडितलाई बिर्सिएको भन्दै ओलीले लोकेन्द्र बिष्ट, कालिबहादुर खामको उदाहरणसमेत पेश गर्नुभएको छ । उहाँले दाहाल–नेपालले पटकपटक आफूलाई मरोस् भनी कामना गरेको आरोप पनि लगाउनुभयो । यस्तै, ओलीले माधव नेपाललाई प्रचण्डका मामुली कार्यकर्ता भएको बताउनुभयो ।

सम्बन्धित सामग्री