सार्वजनिक बिदाकाे दिन चलाएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

दैलेख : दैलेखको नौमूले गाउँपालिकाको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक बिदाको दिन चलाइएका सरकारी सवारी साधन दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो।सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारी सवारी साधन नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए।उनका अनुसार शनिबार र आज आइतबार गरी नौमूले गाउँपालिकाको क.प्र.०२–००२ झ ८५, सिँचाई कार्यालय दैलेखको क.प्र.०२–००२ झ ००३० र डुंगेश्वर गाउँपालिकाको भे १ ब १३१७ नम्बरको मोटरसाइ