बयालपाटा अस्पतालका विषयमा संसदमा आवाज उठाउँछु: पूर्व अर्थमन्त्री पौडेल
प्रतिनिधी सभा सदस्य एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बयालापाटा अस्पतालले प्रदान गरिरहेको निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवाका विषयमा संसदमा आवाज उठाउने बताएका छन्।
काठमाडौं, २१ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन्। भैरहवामा आज केएमजीले आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक छलफल कार्यक्रममा मन्त्री पौडेलले बुद्धकालीन सभ्यताको संरक्षण गर्दै बृहत्तर लुम्बिनीको विकास जरुरी रहेको बताए। उनले लुम्बिनी गुरुयोजनाका लागि आवश्यक बजेटको व्यवस्थापनमा कुनै कमी नहुने उल्लेख गरे। ‘गुणस्तर […]
काठमाडौं । सरकारको प्रवक्ताकाे जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनु भएकाे छ । मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री पौडेललाई दिएको हाे । आज (बिहीबार) बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।
काठमाडौं, १७ पुष । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल उद्घाटन भएसँगै पोखराका जनताको सपना पूरा भएको बताएका छन्। आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विमानस्थल सञ्चालनले पोखरामा पर्यटक बढाउन सहायोग पुग्ने बताए । पोखरामा पर्यटक ल्याउनका लागि विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा छ । साथै, प्राधीकरणलाई आवश्यक पर्ने सहयोगका […]
नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन्।...
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर नरहेको बताएका छन्। केही समस्या गम्भीर रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको उनको भनाइ छ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ...
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनका लागि आएको बताएका छन्। अर्थमन्त्री पौडेलले भने, ‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। यसले मलाई उत्साहित बनाएको छ । कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’ पौडेलले बजेट कार्यान्वयन गरेर देखाउनेसमेत […]
काठमाडौं / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार सिंहदरबारबाट पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले कार्यान्वयनमा कुनै दुविधा नहुने बताए । अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताए ।
The post बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल appeared first on Purbeli News.
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन्। तेस्रोपटक अर्थमन्त्री बनेका पौडेलले दोस्रो पटक बजेट ल्याउन लागेका हुन्। यसअघि उनले आर्थिक वर्ष २०७३/७४ को जेठ १५ मा पहिलो बजेट ल्याएका थिए। यद्यपि,उनको दोस्रो बजेट भाषण भने अध्यादेशमार्फत आउँदैछ।
बुटवल । अर्थमन्त्री तथा नेकपा ओली पक्षधरका महासचिव विष्णुप्रसाद पौडेलले तोकिएकै मितिमा निर्वाचन हुने र निर्वाचनबाट आफ्नो दल नै जनताबाट अनुमोदित हुने नेता पौडेलले विश्वास व्यक्त गरेका छन् ।प्रेस संगठन नेपाल रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले ताजा जनादेश नै अबको एक मात्र निकास रहेको बताए ।उनले भने, ‘वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ, यसका लागि कसैले भ्रम पाल्नु जरुरी छैन ।’ कतिपयलाई अझै पनि संसद पुनस्र्थापना