फेक अडियो प्रकरण : रेकर्ड गर्ने तिमल्सिनालाई प्रहरीको जिम्मा लगाइयो

'सिधाकुरा' नामक अनलाइन तथा युट्युब च्यानललाई न्यायाधीश र मिडिया सञ्चालकले भ्रष्टाचार गरेको भनेर अडियो उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई सर्वोच्च अदालतले प्रहरीको जिम्मा लगाएको छ । सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए ।