काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आज मङ्गलवार सम्पन्न पार्टीको पोलिटब्युराे बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउनुभयो । उहाँले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकार...