चिकित्सा शिक्षा आयोगको पक्षमा सर्वोच्चको फैसला, विद्यार्थीको मुद्दा खारेज

सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो। रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए।