हेटौंडाको मुख्य बजार क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१ र २ मा पर्ने त्रिभुवन राजपथ अन्तर्गतको पिपल बोट कृष्ण मन्दिर नजिकै सडकमा उक्त शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । राति ९ बजेको समयमा नियमित गस्तीको क्रममा शंकास्पद वस्तु फेला परेको उनले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङको नेतृत्वमा बजार गस्तीमा निस्कँदा उक्त शंकास्पद फेला पर