काठमाडौँ । नेपाली काँग्रेसको १४औं महाधिवेशनको शुक्रबारबाट काठमाडौँमा सुरु भएको छ । चार दिनसम्म चल्ने महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे । काँग्रेस महाधिवेशनको शुभकामना दिन स्वदेशसहित विदेशी राजनीतिक दलका नेताहरू समेत उपस्थित भएका थिए ।महाधिवेशन समारोहलाई सम्बोधन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा जनताले डर,