कञ्चनपुर : भीमदत्त नगरपालिकाले स्थानीय तह निर्वाचनपछि १ सय १० कानुन बनाएको छ। नगर प्रमुख सुरेन्द्र विष्टका अनुसार स्थानीय तह सञ्चालन सहज बनाउन कानुन बनाइएको हो।नयाँ संविधानमा तीन तहको सरकारको व्यवस्था भएअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा कानुन निर्माण गरिएका छन्। त्यसमा ऐन, नियमावली, विनियम, निर्देशिका, मापदण्डलगायत छन्। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७७, महाकाली बहुप्रादेशी शिक्षालय गठन ऐन २०७८, शहरी योजना आयोग ऐन २०७८, स्थानीय स्वास्थ्य सेवा ऐ