मुढे बजारमा चाँपको स्तम्भ

चैनपुर :  संखुवासभाको धर्मदेवी नगरपालिका ३ मुढे बजारमा पर्यटकलाई आकर्षित गर्न  चाँपको स्तम्भ  निमार्ण गरिएको छ। चाँपको स्तम्भ ३२ लाखको लागतमा  निमार्ण गरेको धर्मदेवी नगरपालिकाका मेयर रमेश कुमार जिमीले जानकारी दिए। चाँप उच्च हिमाली क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिको वनस्पती हो। पछिल्लो समय चाँप लोभ हुन थालेको छ। मुढे बजार नजिककै गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले क्षेत्र भएका कारण बजारमा पर्यटक आवागमन हुने गरेको छ।