भूमि बैंक स्थापना गर्न ७५ करोड माग

भूमि सुधार तथा व्यवस्था मन्त्रालयले चालू आर्थिक वर्षमा भूमि बैंक स्थापना गर्न सरकारसँग रू ७५ करोड माग गरेको छ । मन्त्रालयले चालू आवमा नियमितबाहेक थप पाँच कार्यक्रम प्रस्ताव गरेको योजना शाखाका शाखा अधिकृत प्रकाश आचार्यले अभियानलाई बताए । भूमि बैंकमार्फत भूमिहीन एवम् मुक्त कमैयाहरूलाई जमीन व्यवस्था गरिने आचार्यले जानकारी दिए । यसबाहेक चालू आर्थिक वर्षमा रावल आयोगको जग्गा हदबन्दी कार्यक्रमका निमित्त रू. ११ करोड, द्वन्द्वकालमा ध्वस्त भएको संरचना (कागजातसहित) पुनर्निर्माणमा रू. ९ करोड २० लाख, सुकुम्वासी समस्या समाधान आयोगलाई रू ८ करोड, अछाम र अर्घाखाँची जिल्लाको पुनः नापी र सगरमाथाको उचाइ मापनका लागि रू. ११ करोड ७५ लाख, स्थलगत नापी कार्यक्रममा रू. ९१ लाख र खगोल तथा भूमापन कार्यक्रममा रू. ९५ लाख विनियोजन गरिएको आचार्यले बताए ।  राष्ट्रिय योजना आयोगले तोकिदिएको सीमाभित्र रहेर बजेट तर्जुमा गर्नुपर्ने भएकाले प्रस्तावित नयाँ कार्यक्रमहरूका निमित्त रकम मिल्छ नै भन्ने निश्चित नभएको आचार्यको भनाइ छ । यद्यपि, प्रस्तावित यी कार्यक्रमहरू भूमिसुधार मन्त्रालयका अत्यन्तै महŒवपूर्ण योजना हुन् ।  वर्ष ६, अंक ४३, बिहीवार, ११ कात्तिक, २०६७

सम्बन्धित सामग्री

ग्लोबल ५७ अर्ब पुँजीको सबैभन्दा ठूलो बैंक

करिब ५१ करोड चुक्ता पुँजी लिएर सन् २००७ मा वीरगञ्जमा स्थापना भएको ग्लोबल बैंक अहिले ५७ अर्ब रूपैयाँ पुँजीको मुलुककै सबैभन्दा ठूलो बैंक भएको छ।...

बढी बोनस दिने रोजगारदातामा बैंक अगाडि

काठमाडौं, साउन २६ । बोनस ऐनअन्तर्गत स्थापना भएको राष्ट्रिय कल्याणकारी कोषमा हालसम्म २७ अर्व रुपैयाँ जम्मा भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आर्थिक वर्षमा मात्र सो कोषमा १ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको जनाएको छ। बोनस ऐन, २०३० को दफा ५ अनुसार मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको […]

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश

काठमाडौं । एन आई सी एशिया बैंक बिहीबार २५ औं वर्षमा प्रवेश गरेको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि नै हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरी कुल १९ अर्ब ९२ करोड रूपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । साथै गत अर्थिक […]

फोनपे तेस्रो वर्षमा : ५ लाख बढी मर्चेन्ट, दैनिक ३० करोड बढीको कारोबार

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा

इटहरीमा फुड बैंक स्थापना गरिँदै

सुनसरी (अस) । विपद् तथा संकट परेको समयमा तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउन इटहरीमा फुड बैंकका स्थापना गरिने भएको छ । इटहरी उपमहानगरपालिका–१० डुमाटोकामा १ करोड ८० लाख रुपैयाँ लागतमा फुड बैंकको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । सोमवार एक कार्यक्रममा  इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र ग्लोबल सर्भिस टिम मल्टिपल डिस्ट्रिक कोअर्डिनेटर अनन्तप्रसाद भेटवालले संयुक्त रूपमा फुड बैंक भवनको शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय २१ लायन्स क्लब तथा लियो क्लबहरूको सक्रियतामा भवन बनाउन लागिएको हो । विपत्तिका बेला खाद्य संकट हुन नदिन फुड बैंक स्थापना गर्न लागिएको कार्यक्रमका अध्यक्ष भविन खड्काले बताए । फुड बैंक स्थापनापछि आवश्यक परेकोमा समयमा खाद्यान्न जुटाउन सहज हुनेमा अपेक्षा उनले गरे । इटहरी उपमहानगर प्रमुख चौधरीले भावी संकटलाई ध्यानमा राख्दै इटहरीमा फुड बैंक स्थापना हुनु इटहरीका लागि गौरवको विषय रहेको बताए ।

कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरमा ब्लड बैंक स्थापना

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद  क्याम्पस परिसरमा ब्लड बैंक स्थापना भएको छ।लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो। सो ब्लड बैंकको लागि त्रिभुवन विश्वविद्यालयले ३ रोपनी जग्गा उपलब्ध गराएको थियो ।१६ महिना भित्रमा पूर्ण संचालनमा आउने ब्लड बैंकका लागि अन्य उपकरण खरिद गर्नका लागि झण्डै ८ करोड लाग्ने ब्लड बैंकका संस्थापक अध्यक्ष रुद्रहरी ज्ञवालीले जानकारी दिए। अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठ ले

सातै प्रदेशमा भूमि बैंक स्थापना हुने

सरकारले आर्थिक वर्ष भित्र सबै प्रदेशमा भूमि बैंक स्थापना गर्ने गरी कम्तिमा ५० शाखा सञ्चालन गर्ने जनाएको छ । भूमि व्यवस्थापन, सामूहिक खेति लगायत भू–उपयोग नीति तर्जुमा हुने गरी सरकारले आवश्यक बजेट विनियोजन गरेको शनिबार बजेट भाषणमार्फत जानकारी दिइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी नियावरण मन्त्रालयलाई ८ अर्ब २१ करोड बजेट विनियोजन गरिएको छ ।