डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डमा पहिरोको कारण आवागमन ठप्प भएको छ । लगातारको बर्षातपछि ठुलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरोजाँदा आन्तरिक आवागमनमा ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने...पूरा पढ्नुहोस् »
काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युतगृहको काम ठप्प भएको छ । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका छन् । स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युतगृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले […]
स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा पर्वतमा जिल्लाभर कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार ठप्प भएको छ। जिल्लाको जलजला गाउँपालिकाबाहेक ६ स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटदेखि बिक्रीवितरण ठप्प भएको हो।
भूउपयोग ऐन, २०७६...
१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ […]
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ठप्प भएको छ । बर्सातको समयमा काम गर्न नसकिने भन्दै कामदारसहित चिनियाँ ठेकेदार चीन फर्किएसँगै बन्दरगाह निर्माणको काम ठप्प भएको हो ।
गत २८...
सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिए । उनले भने, “आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पुर्याएको भन्दै जापानी निर्माण
२ वैशाख, काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण ठप्प भएको छ । चन्द्रागिरी नगरपालिका-२का स्थानीय बासिन्दाले विभिन्न माग राख्दै २८ चैतमा जापानिज प्राविधिक बस्ने क्याम्प र कार्यालयमा तोडफोड गरेपछि काम ठप्प भएको हो । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार खानेपानी आयोजनामा थप सहयोग माग राखेका स्थानीयसँग छलफल भएर अघि बढ्न लाग्दा तोडफोड भएपछि निर्माणको काम […]
पर्वत-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण कालिगण्डकी नदीमा जलयात्रा (-याफ्टिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा बहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो ।योे जलयात्राको पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना संक्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीहरूले […]
पूर्वी नवलपरासी । भारततर्फको वाल्मीकि नगर भन्सार भारत सरकारले नखोलेका कारण त्रिवेणी भन्सार खुले पनि नाका ठप्प छ । वाल्मीकि नगर भन्सारले हिजो (सोमबार) बिहानबाट पैदल आउजाउ गर्न दिए पनि गाडी चल्न दिएको छैन । गाडी र सामान आउजाउमा रोक लगाइएकाले त्रिवेणी नाका ठप्प बनेको हो । भारततर्फको भन्सार नखुलेका कारण समस्या भएको त्रिवेणी भन्सार कार्यालयका प्रमुख विकास […]
लगातारकाे अविरल वर्षाका कारण हुम्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प भएको छ । जेठ ३१ गतेदेखि लगातार वर्षा हुँदा हवाई सेवा ठप्प भएको हो । जहाज ठप्प भएपछि दैनिक...