छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।भक्तपुर नगरपालिका-१ नगरकोट मोड नजिक बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करको पछाडि ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचा