इपिएल : विराटनगरलाई २ विकेटले हराउँदै चितवनको विजयी सुरूवात

काठमाडौं : चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले विजयी सुरूवात गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा आइतबार भएको खेलमा चितवनले विराटनगरलाई २ विकेटले पराजित गर्दै पहिलो जित निकाल्यो।टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो।खराब सुरूवात गरेको विराटनगरलाई सिकन्दर रजाले मध्यम स्कोरमा पुर्‍याएका थिए। उनले ४७ बलमा ६७ रन बनाउँदै टिमलाई उकासे पनि जितका लागि पर्याप्त रन विराटनगरले बनाउन सकेन।उसका तीन खेलाडीले मात्र दोहोरो अंकम