अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा गोर्खा भर्ती र अग्निपथ योजनाबारे छलफल हुने

काठमाडौं : आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा भारत सरकारले ल्याएको ‘अग्निपथ योजना’को बारेमा छलफल हुनेछ। भारत सरकारले भारतीय सेनामा ४ वर्षका लागि ‘अग्निवीर’हरु भर्ती गर्ने गरी योजना ल्याएको छ। भारतले नेपालबाट भर्ती हुने गोर्खा सैनिक पनि अग्निपथ योजना अन्तर्गत नै हुने बताइसकेको छ। नेपालले…