सहकारी विधेयकमा स्वार्थ समूह हाबी, व्यक्तिगत बचतको सीमा हट्यो

संशोधनका क्रममा रहेको सहकारी विधेयकमा फेरि स्वार्थ समूह हाबी भएको छ । जसअनुसार बचत तथा ऋण सहकारी संस्थामा २५ लाख रुपैयाँभन्दा बढी व्यक्तिगत बचत राख्न नपाउने सहकारी ऐन ०७४, संशोधन गर्न बनेको विधेयकमा प्रस्तावित व्यवस्था अब लागू नहुने भएको छ ।