खोटाङका १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रको इन्चार्ज तथा सह–इन्चार्ज तोकिएका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको मंगलबार बसेको बैठकले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको इन्चार्ज तथा सह-इन्चार्ज तोकेको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा होमकाजी आचार्य (विनोद)लाई इन्चार्ज र विकास राईलाई सह-इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राई (आमोद) लाई इन्चार्ज र चईन्द्र राई (आक्रोश)लाई सह(इन्चार्ज तोकिएको छ । यस्तै, ऐँसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईले इन्चार