बालकोटको तस्वीर शेयर गर्दै प्रचण्डका पीएले लेखे- ‘नयाँ यात्राको सुरुवात’

काठमाडौँ- नयाँ सरकार गठन गर्न दलहरुबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिवले ‘नयाँ यात्राको सुरुवात’ भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालकोटको तस्वीर शेयर गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ‘नयाँ यात्राको सुरुवात’ भएको जनाएका हुन् । अहिले नयाँ सरकार […]

सम्बन्धित सामग्री

पर्यटन मन्त्रालयको नेतृत्व सधैं अस्थिर : पर्यटनको विकासमा भएन केही पनि काम

पर्यटन क्षेत्रको विकासका लागि स्थिर नीति र सबल कार्यान्वयन चाहिन्छ । सरकार र निजीक्षेत्रबीच कामको तालमेल मिल्नुपर्छ । तर, नेपालमा पर्यटनमा जति उपलब्धि प्राप्त भएको छ त्यो सबै निजीक्षेत्रको प्रयासमा भइरहेको छ । यसको अर्थ सरकारले केही पनि गरेको छैन भन्ने होइन, तर सरकारको कामले पर्यटन क्षेत्रले गरेको प्रगति निकै न्यून छ । सरकारले विकासका लागि प्रतिबद्धताका साथ काम गर्न नसकेको सही हो । त्यस्तै स्थिरता नभएकाले बनेका कार्यक्रम कार्यान्वयन हुन पाएका छैनन् । यस्तो प्रवृत्तिबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन रहेको छ । एक दशकमा डेढ दर्जन मन्त्री फेरिएका छन् । औसतमा हिसाब गर्दा एउटा मन्त्रीले ६ महीनामात्रै काम गरेको देखिन्छ । यो समयमा उसले यो गर्छु र त्यो गर्छु भन्नु भन्दा बढी केही गरेको देखिँदैन ।  चाँडो मन्त्री फेरिनेमा पर्छ पर्यटन मन्त्रालय । गृह, अर्थजस्ता मन्त्रालयमा पुग्न सांसदहरूबीच मारामार नै हुन्छ तर पर्यटन मन्त्रालय उपेक्षित छ । मुलुकको अर्थतन्त्रमा निकै सहयोगी पर्यटन क्षेत्र नै यसरी लथालिंग पारामा चलेको छ । मुलुकले पर्यटनलाई जति नै प्राथमिकता दिएको छ भने पनि त्यो व्यवहारत: प्रमाणित हुँदैन । धन्न, यस्तो बेथितिमा पनि पर्यटन व्यवसायमा ठूलो लगानी भएको छ र लाखौंले रोजगारी पाइरहेका छन् । गत आर्थिक वर्षमा पर्यटक आगमन संख्या पनि निकै बढ्यो । राष्ट्रिय महत्त्वका दीर्घकालीन योजना, विकासका गुरुयोजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरताका लागि मन्त्रालयको नेतृत्व छिटोछिटो परिवर्तन हुनु हुँदैन । अझ, मन्त्री आएपिच्छे फेरिने नारा, प्राथमिकता र कार्यक्रमले पर्यटनलाई निकै असर गर्छ । यसमा राजनीतिक दलहरूको ध्यान जान सकेको छैन ।  पर्यटन मन्त्रालय सबैभन्दा अस्थिर मन्त्रालय देखिएको छ । मन्त्री छिटोछिटो फेरिने र फेरिएका मन्त्रीले आआफ्नै नारा र कार्यक्रमको गफ लगाउने प्रवृत्तिले पर्यटन क्षेत्रले गति लिन सकेको छैन । स्पष्ट योजना भएको व्यक्ति मन्त्रालयमा आएका छैनन्, आशालाग्दो नेताले पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् ।  मन्त्रालय र मातहत निकायको योजना र कार्यक्रमको सेवा प्रवाह, प्रभावकारिता, निरन्तरता मन्त्रालयको नेतृत्वसँग गाँसिएको हुन्छ । तर, छिटोछिटो मन्त्री फेरिँदा पर्यटन क्षेत्रका दीर्घकालीन योजना र प्रवर्द्धनात्मक कार्यक्रम अघि बढ्न सकेका छैनन्, चर्चामा आउने कार्यक्रमको घोषणा मात्र भएका छन् । मन्त्री फेरिए पनि मन्त्रालयको स्थायी संयन्त्र चुस्त रहे समस्या पर्दैन थियो । तर, सरकारी संयन्त्रहरू स्थायी ढंगले काम गर्न सक्ने सामथ्र्यका छैनन् । नेतृत्व परिवर्तन भएपछि काममा स्वाभाविक रूपमा केही सुस्ती आउँछ । नेतृत्व फेरिएसँगै नीति पनि फेरिने गरेको छ, जसले गर्दा सरकारी संयन्त्रहरू नेतृत्वले धकेलेर मात्रै अघि बढ्ने र नेतृत्व उदासीन भएमा टालटुले योजना देखाएर जागीर पकाउने मानसिकतामा देखिन्छ । नेपालमा आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्ने प्रणाली नै छैन । न मन्त्री आफ्नो कामप्रति जिम्मेवार देखिन्छन् न कर्मचारी नै । यसको एउटा उदाहरण हो : २०१३ यता नेपाल यूरोपेली संघको कालोसूचीमा रहिरहनु । एक दशकका डेढ दर्जन मन्त्रीले कालोसूचीबाट हटाउने बताए पनि हट्नका लागि आवश्यक काम भने गरेनन् । कुनै पनि पर्यटनमन्त्रीले नेपाल वायुसेवा निगमको सुधारका लागि बलियो काम गर्न सकेका छैनन् । अध्ययन र नेतृत्व परिवर्तनबाहेक सिन्को भाँच्ने काम भएको छैन । यस्तो अवस्थामा पर्यटन क्षेत्र कसरी अगाडि बढ्छ ?  अलपत्र अन्तरराष्ट्रिय विमानस्थल एउटा मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका भरमा नेपालमा पर्यटक ल्याउनुपर्ने अवस्था छ । त्यसमा पनि यसको स्तरोन्नतिको काम अझै पूरा भएको छैन । यो विमानस्थलको विस्तार हुन नसकेका कारण पटकपटक विमानहरू आकाशमा होल्ड गर्नुपरेको अवस्था छ । सञ्चालनमा आइसकेर पनि गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलले व्यवसाय गर्न सकेका छैनन् । भारतले भैरहवा नजिकको हवाई रूट नदिएका कारण यसो भएको देखिन्छ । यद्यपि चीन, थाइल्यान्ड आदि देशबाट हुने उडान पनि पोखरा र भैरहवा पुर्‍याउन सकिएको छैन । पश्चिम क्षेत्रबाट हवाई प्रवेशमार्ग नपाउनुमात्रै यी विमानस्थल सञ्चालन नहुनुको कारण होइन भन्ने यसले देखाउँछ । यहाँ विमानस्थल नै आवश्यक नभएको अवस्थामा यो बनाइएको हो अथवा सरकारले नयाँ विमानस्थलबाट उडान गर्न वायुसेवा कम्पनीहरूलाई पर्याप्त सुविधा दिन नसकेको हो भन्ने यसले देखाउँछ । कुनै पनि नयाँ विमानस्थल सञ्चालन गर्न केही समय लाग्न सक्छ । तर, यतिका समयसम्म एउटा पनि अन्तरराष्ट्रिय उडान नियमित गर्न नसक्नुको कारण सरकारकै कमजोरी नै हो भन्ने देखिन्छ । कुनै पनि मन्त्रीले धेरै समय काम गर्न नसक्नु पनि यसको एउटा कारण हो भन्ने देखिन्छ । नेवानिको बेहाल निजी वायुसेवा कम्पनीले मालामाल कमाइरहेका बेला सरकारी कम्पनी भने सधैं विवादको घेरोमा मात्रै सीमित देखिन्छ । मन्त्री फेरिएपिच्छे आयोग बनाउने, कार्यकारी प्रमुख र अध्यक्ष फेर्ने, नयाँ कार्यक्रम घोषणा गर्ने अनि कामचाहिँ केही पनि नहुने रोग नेवानिको रहेछ । सरकारी प्रभाव र दबाबबाट मुक्त हुने हो भने यसले पक्कै पनि केही व्यावसायिक योजना बनाउन सक्थ्यो होला । न यसलाई विघटन गर्ने हिम्मत कुनै सरकारको देखिएको छ न निजीकरण नै । यी दुवै काम गर्न नसकेको अवस्थामा सरकारी संयन्त्रलाई चुस्त र उत्तरदायी बनाएर विशेष अभियानका साथ पनि यसलाई चलाउन नसकिने होइन । सरकारी कम्पनी भएर पनि नेपाल टेलिकमले निजीक्षेत्रसँग प्रतिस्पर्धा गरेर नाफा कमाएर टन्न बोनस खुवाउन सक्छ भने नेवानिले किन कमाउन सक्दैन ? किन व्यवसाय गर्न सक्दैन ? सरकार फेरिए पनि टेलिकमको आफ्नै व्यावसायिक योजना छ जसमा खासै परिवर्तन भएको पाइँदैन । त्यही मोडलमा नेवानिलाई चलाउन किन सकिँदैन ? निजीक्षेत्रको प्रवेश गराएर शेयर विक्री गरी नयाँ विमान खरीद गर्ने बाटो पनि खुल्छ । तर, यसलाई कोही पनि किन सुधार्न चाहँदैनन् ? एउटा कारण त मन्त्रालयको नेतृत्व नै बढी समय नटिक्नु हो । निगमको दुरवस्था र त्यसबाट पर्यटनमा परेको असरबारे कुनै पनि सरकारले चासो दिएका छैनन् । मन्त्री फेरिएपिच्छे आयोग बनाउने, कार्यकारी प्रमुख र अध्यक्ष फेर्ने, नयाँ कार्यक्रम घोषणा गर्ने अनि कामचाहिँ केही पनि नहुने रोग नेवानिको रहेछ । निगमको आन्तरिक उडानका लागि गतिलो र पर्याप्त विमान छैनन् । अन्तरराष्ट्रिय उडानका लागि एकातिर भएका विमान उडाउन सकिएको छैन भने अर्कातिर विमान थप्ने निगमको प्रयास पनि सफल भएको छैन । कमिशनको चक्करमा कुनै पनि काम नहुनु नै निगमको ओरालो यात्राको कारण हो । यसमा रोक लगाउन प्रतिबद्ध र केही वर्ष टिक्ने मन्त्रीको आवश्यकता देखिन्छ । चिनियाँ विमानको व्यवस्थापन नेपालले कसको प्रभाव वा दबाबमा परेर चिनियाँ विमान किनेको हो त्यो अझै स्पष्ट छैन । एक पक्षले अर्को पक्षलाई आरोप लगाइरहेका छन् र निर्णयकर्ताले यसबारे स्पष्टीकरण दिएका पनि छैनन् । चिनियाँ विमान कमजोर हुन् वा नेपालका लागि अनुपयुक्त हुन् स्पष्ट छैन । गल्ती त भइसक्यो । ऋणको रकम नतिरी उपाय छैन । यस्तोमा चिनियाँ विमान के गर्ने भन्ने टुंगो लगाउन नसक्दा निगमलाई ठूलो भार छ । कि त यसलाई कबाडीमा बेच्नुपर्छ कि त आपत्कालीन अवस्थामा प्रयोग गर्न नेपाली सेनालाई दिन सकिन्छ । निर्माता कम्पनीलाई फिर्ता गर्ने सामथ्र्य नेपालको छैन भन्ने त स्पष्ट नै छ । त्यसैले यी जहाज निगमको जिम्मेवारीबाट सकेसम्म हटाउनुपर्छ । अनि आन्तरिक उडानका लागि निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ विमान ल्याउनुपर्छ । दुर्गममा विमान उडाएर निजीक्षेत्रलाई सुगम क्षेत्रको व्यापार सुम्पिनु कुनै पनि हालतमा राम्रो होइन । सुगममा निगमको उडान प्रशस्त भए प्रतिस्पर्धा भएर आन्तरिक उडान पनि सस्तो हुन सक्छ । अन्तरराट्रिय उडानमा निगमको अंश नबढाउने हो भने पर्यटन क्षेत्रको विकास हुनै सक्दैन भनिदिए पनि हुन्छ । पर्यटक आए पनि अत्यधिक पैसाचाहिँ विदेशी कम्पनीले नै लैजानेछन् । यो अवस्थाको अन्त्य गर्न कुनै पनि मन्त्रीले काम गरेनन् । प्राधिकरणको विभाजन नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामका निकायमा अलग गर्ने काम अघि बढ्न सकेको छैन । नेपाल इयूको कालोसूचीमा पर्नुको एउटा कारण यो पनि मानिएको छ । विश्वभरि नै एउटै संस्था नियामक र सेवाप्रदायक बनाउने चलाउन छैन । त्यसैले यसअनुसार नेपालले प्रक्रिया अगाडि बढाए पनि, कानूनी आधार तय भए पनि त्यसअनुसार काम भने भएको छैन । नागरिक उड्डयनसम्बन्धी अन्तरराष्ट्रिय संस्था आइकाओले पनि यसमा प्रश्न उठाएकै हो । त्यसैले प्राधिकरणको विभाजन ढिलाचाँडो गर्ने पर्ने बाध्यता छ । यसको विभाजनको काम गर्न कुनै पनि मन्त्रीले आँटेका छैनन् ।  पर्यटन नीति नेपालको २० वर्षे पर्यटन नीति बने पनि त्यसअनुसार काम भएको छैन । खासमा पर्यटनका लागि केकस्तो नीति लिने, कस्ता पर्यटन प्रडक्टमा ध्यान दिने, पर्यटनलाई योजनाबद्ध ढंगले कसरी अघि बढाउने भन्ने कुरा पर्यटन नीतिले तय गर्छ । यस्तो नीति व्यावहारिक हुनुपर्छ । व्यवसायी, सरकार र पर्यटनविज्ञ मिलेर सही पर्यटन नीति बनाउन आवश्यक छ । कुनै पनि मन्त्रीले यसका लागि काम गरेको देखिँदैन ।  पर्यटन प्रवर्द्धनका कार्यक्रम मन्त्री फेरिएपिच्छे कसैले भ्रमण बिदा, कसैले आन्तरिक पर्यटन प्रवर्द्धन, कसैले भ्रमण दशकजस्ता कार्यक्रमको घोषणा गरे पनि कुनै पनि कार्यक्रमको शुरुआत भएन । कागजमा बनाइएका यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धन हुने कुरै भएन । पर्यटन प्रवर्द्धनका लागि खडा गरिएको नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन छ । उसले प्रवर्द्धनको कार्यक्रम गर्न सकेको छैन । अहिलेसम्मका पर्यटनमन्त्रीले स्टन्टको काममात्रै गरे भन्दा फरक पर्दैन  नयाँ पर्यटन मन्त्रीले केही गर्लान् ?  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा हितबहादुर तामाङ पुगेका छन् । १३ महीना पर्यटन मन्त्रीको जिम्मा पाएका सुदनका किरातीको बहिर्गमनसँगै तामाङ आएका हुन् । किरातीले पर्यटन क्षेत्रमा खासै उल्लेख्य काम भने गर्न पाएनन् । यद्यपि उनले नेवानिको सुधारका लागि केही कदम भने चालेका थिए । तर, उनको काम परिणाममुखी भने देखिएको छैन । नयाँ मन्त्री तामाङलाई पर्यटन प्रवर्द्धन गर्न भूमिका खेल्ने, नीतिगत सुधारको काम गर्ने, निजीक्षेत्रसँग सहकार्य गर्दै पर्यटनमा व्यावसायिक वातावरण बनाउनेलगायत जिम्मेवारी छन् । त्योभन्दा बढी दीर्घकालीन महत्त्वका काम गर्नु जरुरी छ । तामाङको प्रमुख काम भनेको निगमको सेवा विस्तार गर्न जहाज किन्ने, निगमको संरचनागत सुधार गर्ने, विमानस्थलको सञ्चालन राम्रोसँग गर्ने र ईयूको कालोसूचीमा परेको नेपालको उड्डयन सुरक्षालाई उक्त सूचीबाट हटाउनु नै हो । यी पक्षमा सुधार नगरी नेपालको पर्यटनले गति लिन सक्ने देखिँदैन । त्यसैले पर्यटनमन्त्रीको पहिलो काम भनेको निगमको सुधार र व्यवसाय विस्तार नै हुनुपर्छ । पर्यटन मन्त्रालय मातहतका वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणमा दीर्घकालीन र लाभदायी सुधारका काम गर्ने हो भने पर्यटन मन्त्रीले काम गरेको मानिन्छ । निवर्तमान मन्त्री किरातीले वायुसेवा निगमका लागि दुर्गम क्षेत्रमा उडान गर्ने तीनओटा ट्वीनअटर जहाज किन्ने प्रक्रिया अगाडि बढाएका थिए । उक्त प्रक्रियामा प्राविधिक त्रुटि देखिएपछि रोकिएको छ । नयाँ जहाज किनेर निगमको उपस्थिति देखाउने गरी आन्तरिक उडान थप्नुपर्ने देखिन्छ ।  नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्दै व्यवस्थापन सुधार गर्नु अहिलको प्रमुख काम हो । निगमले अन्तरराष्ट्रिय उडानका लागि दुईओटा न्यारोबडी भाडामा ल्याउने प्रक्रिया अगाडि बढाएको छ । निगमले ती जहाजसँगै अन्तरराष्ट्रिय उडानमा थप जहाजसहितको क्षमता विस्तार गर्नुपर्ने छ । निगमले जति धेरै गन्तव्यमा उडान गर्न सक्यो त्यति नै बढी पर्यटक ल्याउन सकिन्छ । त्यसैले वायुसेवा निगमका लागि जहाज किन्ने र भएका जहाज नाफामूलक क्षेत्रमा उडाएर ऋण तिर्न सक्ने तुल्याउनु तामाङको सफलता हुनेछ । नेपाली उड्डयनलाई ईयूको कालोसूचीबाट हटाउन सके निगमको उडान यूरोपेली क्षेत्रमा गर्न सकिन्छ । त्यस्तै पर्यटन बोर्डलाई प्रभावकारी बनाएर प्रवर्द्धनात्मक कार्य तीव्र बढाउनु जरुरी छ । त्यसैगरी पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन नीति बनाएर काम गर्नुपर्छ ।  त्यसैगरी गौतम बुद्ध र पोखरा विमानस्थलमा व्यावसायिक उडान गराउनु नयाँ मन्त्रीको चुनौती हो । पोखरामा पनि चीन सरकारबाट ऋण लिएर बनाएको विमानस्थल सञ्चालनमा आएको १ वर्षभन्दा बढी हुँदासमेत एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन । त्यस्तै हालत गौतम बुद्ध विमानस्थलको पनि छ । निजगढ विमानस्थल निर्माणको विषय अझै अन्योलमा रहेको छ । किरातीको समयमा सार्वजनिक निजी साझेदारीमा चारओटै विमानस्थल सञ्चालन गर्न दिने र कुनै कम्पनीले तीनओटा विमानस्थल सञ्चालनको जिम्मा लिएर निजगढ विमानस्थल बनाउन खोजे उसलाई दिने तयारी भएको थियो । नयाँ पर्यटनमन्त्रीले यसलाई निरन्तरता दिन्छन् वा दिँदैनन् थाहा छैन ।  नेपालमा पर्यटन क्षेत्रले जति गति लिएको छ त्यसमा सरकारको भन्दा निजीक्षेत्रको पहलले नै भएको हो भन्न सकिन्छ । निजीक्षेत्रले ठूलो लगानी गरेको छ र आफ्नो व्यवसायका लागि उसले पर्यटक ल्याउन आफै पहल गरेको छ । गर्ने त यस्तै हो तर पनि नेपालबाट प्रत्यक्ष उडान विभिन्न देशमा हुन सके पर्यटक आगमन बढ्छ । यस्तो उडानले पर्यटकले यात्राका लागि कम पैसा तिर्दा हुन्छ भने समयको पनि बचत हुन्छ । त्यसैले नेपालका प्रमुख बजारमा नेपाल वायुसेवाको उडान बढाउनु नै पर्यटनको दिगो विकासको आधार हो । अहिले आउने पर्यटकले विदेशी वायुसेवा प्रयोग गरिरहेका छन् । त्यसैले पर्यटकले गर्ने खर्चको ठूलो अंश यी नै विदेशी कम्पनीले लगिरहेका छन् । निगम भने विमान किन्दाको ऋणको साँवाब्याज तिर्न नसकेर समस्यामा छ । पर्यटन मन्त्रालय सबैभन्दा अस्थिर मन्त्रालय देखिएको छ । मन्त्री छिटोछिटो फेरिने र फेरिएका मन्त्रीले आआफ्नै नारा र कार्यक्रमको गफ लगाउने प्रवृत्तिले पर्यटन क्षेत्रले गति लिन सकेको छैन । स्पष्ट योजना भएको व्यक्ति मन्त्रालयमा आएका छैनन्, आशालाग्दो नेताले पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् । त्यसैले मुलुकले पर्यटन क्षेत्रलाई नै उपेक्षा गरेको देखिन्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

न्यू बिजनेश एजको २२औं वार्षिकोत्सव विशेष: नवीन अर्थतन्त्र

सूचना, प्रविधि, इन्टरनेट, अल्ट्रा–हाई–टेक कम्पनीले सृजना गरेको बिल्कुल नयाँ खालको अर्थतन्त्र हो नवीन अर्थतन्त्र । यसलाई उच्च आर्थिक वृद्धिदर भएका प्रविधिमा आधारित उद्योगले चलाएको हुन्छ । यस्तो खालको अर्थतन्त्रमा आर्थिक वृद्धिदर र उत्पादकत्वलाई चलायमान पनि उन्नत खालको परिष्कृत प्रविधिले बनाइरहेको हुन्छ ।परम्परागत अर्थतन्त्रको तुलनामा यसमा उत्पादकत्व निकै धेरै हुन्छ । आर्थिक वृद्धिदर पनि निकै उच्च रहन्छ ।  नवीन अर्थतन्त्र भन्ने शब्द सुन्दा अहिले पनि धेरैलाई ओहो यो के हो भन्ने लाग्ला । तर, यो शब्द अहिले एक्कासि आएको होइन । इन्टरनेट अनि शक्तिशाली कम्प्युटरहरूको प्रयोग बढ्न थालेसँगै यसले उपभोक्ता र बजारको आयाम बदल्न शुरू गरिरहँदा सन् १९९० को दशकको अन्त्यतिर यसको अवधारणा आएको थियो ।  यसलाई खासगरी ९० को दशकको अन्त्यतिर र सन् २००० को दशकको शुरूतिरको प्रविधि क्षेत्रको शेयरको मूल्य वृद्धिको फोकासँग जोडेर हेर्ने गरिएको छ । यो अमेरिकाबाट शुरू भयो । अर्को केही वर्षमा अन्य विकसित अर्थतन्त्रसम्मै पुग्यो । अर्को १ दशकमा कयौं उदीयमान अर्थतन्त्रमा यस्तै खालको आर्थिक कायापलट देखियो । केहीले अर्थतन्त्र उत्पादनमुखीबाट सेवामुखीमा रूपान्तरित हुँदै गर्दाको संक्रमणकालीन अवस्थालाई नवीन अर्थतन्त्र भन्छन् ।  अझ सरल भाषामा भन्दा उत्पादन र कमोडिटीमा आधारित अर्थतन्त्र विस्तारै प्रविधिमा केन्द्रित भएर नयाँ वस्तु र सेवाको सृजनामा प्रविधिको व्यापक प्रयोग हुने अर्थतन्त्र नै नवीन अर्थतन्त्र हो । यसको उत्पादनलाई परम्परागत उत्पादनमुखी अर्थतन्त्रले टक्कर दिनै सक्दैन । अहिले हाई–टेक र इन्टरनेटले काम गराइ, समय बिताउने तरीकासहित हाम्रो दैनिक जीवनको हरेक खण्डलाई फेरिदिएको छ ।  अरू त अरू यसले अर्थशास्त्रको आधारभूत नियमसमेत बदलिदिएको छ । स्वचालन र रोबोटको बढ्दो प्रयोगले शारीरिक श्रम गर्ने करोडौं रोजगारी खोसिने सम्भावना बढेको छ । उत्तिकै मात्रामा नयाँ रोजगारी पनि सृजना हुने अवस्था छ । हाम्रो किनमेल गर्ने तरीका, यात्राको शैली फेरिदिएको छ । हामी सानो छँदा परिकथाझैं लाग्ने वा कल्पनै नगरेको कुराहरू अहिले हाम्रो दैनिक उपभोग्य जीवनको अभिन्न हिस्सा बनेका छन् ।  हामी नवीन अर्थतन्त्रमा छौं कि अझै पुग्न बाँकी छ भन्ने कुराचाहिँ अहिले पनि विवादको विषय हो । अर्थशास्त्रीहरूको ठूलो जमातले हामी अहिले ठ्याक्कै नवीन अर्थतन्त्रमा पुगिसकेका छौं भनिरहेका छन् । सानो जमातले भने यसमाथि प्रश्न उठाइरहेका छन् । नवीन अर्थतन्त्रमा महँगी गायबै हुने, यसमा व्यापार चक्रको अस्तित्व नहुने अनि अर्थशास्त्रका पुराना नियम लागू नहुने केही अर्थशास्त्रीको भनाइ छ । विगतमा पनि पटकपटक यस्ता खालका दाबीहरू भइसकेको भन्दै धेरैजसो अर्थशास्त्रीचाहिँ यो कुरा मान्न तयार छैनन् । अवस्था जेसुकै भए पनि अर्थशास्त्रको आधारभूत नियम नफेरिने उनीहरूको तर्क छ । नवीन आर्थिक व्यवस्थाको मेरूदण्डका रूपमा रहेका कम्पनीहरू विश्वका कैयौं अर्थतन्त्रभन्दा कयौं गुणा ठूला छन् । प्रविधिमा आधारित कम्पनीको शेयर मूल्यमा वृद्धिको फोका उत्पन्न भएर फुट्दा कम्पनीहरूले क्षणभरमै अर्बौं डलर गुमाएका छन् । सयौं कम्पनीहरू धराशयी बनेका छन् । तर, आफ्नो अस्तित्व जोगाएर अहिलेसम्म बचेका कम्पनीहरूले ‘कटिङ एज’ प्रविधिको साथमा नवप्रवर्तनमुखी भीमकाय कम्पनीमा परिणत भएका छन् । नवीन अर्थतन्त्रका अधिकांश व्यवसाय अनलाइन गतिविधि र बायोप्रविधि उद्योगमा संलग्न छन् । यसले अन्य हजारौं उद्योग जन्माएको छ । अहिले विश्वको सबैभन्दा धेरै बजार पूँजीकरण भएका शीर्ष पाँच कम्पनीमध्ये तीनओटा एप्पल, गूगल र माइक्रोसफ्ट हाई टेक कम्पनी छन् । सन् १९८० को दशकमा यो सूचीमा तेल र कार कम्पनी थिए ।  गएको केही वर्षयता अनलाइन सेवाप्रदायक वा अनलाइनमा आधारित कम्पनीहरू बहुराष्ट्रिय कम्पनीमा परिणत भएका छन् । एमाजन, फेसबूक, नेटफ्िलक्स, अलिबाबा, पाइतु, यूबर, टेन्सेन्ट यसका केही उदाहरण मात्रै हुन् । नवीन अर्थतन्त्रले विश्वको आर्थिक पर्यावरण त फेरिदिएको छ नै विश्वव्यापी पूँजीवादको समेत पुनः संरचना गरिरहेको छ । पूँजीवाद सामाजिक, वातावरणीय र दिगो विकासका लक्ष्यहरूमा केन्द्रित हुन थालेको छ ।  कुनै जमाना यस्तो थियो– देशहरू तेल वा खनिज उत्पादनका लागि झैं झगडा, लडाइँ गर्थे । अहिले झगडाको मुख्य विषय उपभोक्ताका डेटा अनि यसको सुरक्षा बनेको छ । अमेरिका र चीनबीच पछिल्ला कयौं वर्षयता जुन शीत युद्ध चलिरहेको छ, यो पनि डेटामै केन्द्रित छ । व्यापार बहस होस् या प्रविधिको लडाइँ सबैको समस्याको चुरोमा उपभोक्ताको डेटा नै छ । चीनले घरेलु प्रविधि कम्पनीमार्फत अन्य देशको नागरिकको जासुसी गरेको, उपभोक्ताको डेटा चीनतिर सारेको आरोप अमेरिका र अमेरिकातिर ढल्किएका देशहरूले लगाइरहेका छन् ।  चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि पछिल्लो समय विश्वभर बढ्दो प्रतिबन्ध यसैको एउटा उदाहरण हो । चीनले आरोपको खण्डन गर्दै आएको छ । ऊमाथिको आरोप पुष्टि भएका छैनन् । विश्वभर साइबर अपराध र डेटा चोरीका घटनाहरू बढिरहेको बेला अहिले हरेक नागरिक, कम्पनी अनि देशको चिन्ता आफू अनि आफ्नो प्रयोगकर्ताको डेटाको गोपनीयता कसरी कायम गर्ने, रेकर्ड प्रोसेसिङ अनि यसको सुरक्षामा केन्द्रित छ । देशहरूले धमाधम आफ्ना नागरिकका डेटा सुरक्षा कानून ल्याएका छन् । नेपाल डेटा प्राइभेसी र सुरक्षाको मामिलामा चुकेको छ । तर, पछिल्लो समयमा कृषि, ऊर्जा, पूँजीबजार लगायतको क्षेत्रमा नयाँ नयाँ प्रविधिको उपयोग भइरहेको छ । जसले नवीन अर्थतन्त्रको विकासमा सघाइरहेको पाइन्छ ।

भारत जोडो यात्रामा राहुल गान्धीले महिलाको हात समाएपछि...

कांग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ को एक तस्वीर भारतीय सोशल सञ्जाल प्रयोगकर्तामाझ चर्चामा छ । राहुल गान्धी कन्याकुमारीदेखि कश्मीरको यात्रामा छन् । यस क्रममा कांग्रेसले राहुल गान्धीको तस्बिर सामाजिक सञ्जालमा लगातार पोस्ट गरिरहेको छ ।यस्तै एउटा तस्विर सामाजिक सञ्जालमा शनिबार अर्थात २९ अक्टोबरमा शेयर गरिएको थियो । यो तस्विरमा राहुल गान्धी यात्राको क्रममा एकजना महिलाको हात समातेको देखिन्छ । ट्वीटरमा बीजेपी समर्थक र भाजपा कार्यकर्ता बताउने प्रीति गान्धीले उक्त तस्बिर पोष्ट गर

जलविद्युत्मा नेपालको सम्भावना कति ?

जलविद्युत् नेपालको महत्त्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसका बारेमा जान्ने, बुझ्ने र विद्युत्बाट भविष्यका सुनौला योजना बनाउन हाम्रा नदी बेसिनहरूबाट कति विद्युत् निकाल्न सकिन्छ भनी तथ्य निर्धारण गर्न सकेमा आउने सन्ततिले सजिलैसँग यसबाट के गर्न सकिन्छ भनी विकासका गोरेटाहरू कोर्न सक्छन् । ८३ हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ भनिँदै आए पनि १९०८ मेगावाट जलविद्युत् मात्रै उत्पादन भएको छ । यो यात्राको शुरुआत विसं १९६८ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले ५०० किलोवाटको फर्पिङको चन्द्रज्योतिबाट गरेका थिए । यद्यपि यो आयोजना २०३८ बाट उत्पादन बन्द छ । पछिल्लोपटक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन दिएपछि नेपालमा सवैभन्दा ठूलो विद्युत् फड्को देखिएको छ । प्रश्न अहिले पनि यही छ कि नेपालका नदीको विद्युत् उत्पादन क्षमता वास्तवमा कति छ ८३००० मेगावाटको तथ्याङ्क हरिमान श्रेष्ठको थेसिसबाट लिइएको हो । इ. खिमानन्द कँडेलले लेखेको पुस्तकका अनुसार १ लाख ५० हजार मेगाावाट छ । त्यसैगरी हाइड्रो सोलुशन नामक संस्थाले एक विदेशी विश्वविद्यालयसँग गरेको अध्ययनअनुसार सबै नदीबाट २ लाख मेगावाट विद्युत् उत्पादन क्षमताको अनुमान छ । काठमाडौंबाट ३५ किलोमिटर पर पनौतीको खोपासी भन्ने ठाउँमा एक विद्युत् आयोजना छ, जसबाट अहिले २ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भएको छ । त्यसपछि त्यो पानी त्यसै खेर गएकाले त्यसबात फेरि पनि विद्युत्् निकाल्न सकिन्छ होला ? त्यसको गणना ८३००० को हिसाबमा आएको छ छैन । यसबारेमा राज्य जानकार हुनुपर्छ । अहिले नेपालका लागि माथिल्लो तामाकोशी ४५६ मेगावाट, १४४ मेगावाट कालीगण्डकी ए २०५६ स्याङ्जा, मध्यमस्र्याङदी ७० मेगावाट २०६४ लमजुङ, मस्र्याङदी जलविद्युत् ६९ मेगावाट तनहुँ २०४५ (अर्ध जलाशययुक्त आयोजना) कुलेखानी १, २, ३ बाट १०६ मेगावाट मकवानपुर (जलाशययुक्त) लगायत आयोजनाबाट जलविद्युत् उत्पादन भएको छ ।  १२०० मेगावाटको बूढीगण्डकी गोरखा, अरुण तेस्रो संखुवासभा ९०० मेगावाट, रसुवागढी रसुवा १११ मेगावाट, मध्यभोटेकोशी सिन्धुपाल्चोक १०२ मेगावाट, ७४८० मेगावाटको पञ्चेश्वर आयोजना, १८०० मेगावाटको कर्णाली चीसापानी, ७५० मेगावाटको सेती, ६६० मेगावाटको कालीगण्डकी २, १०८० मेगावाटको कर्णाली १ जस्ता आयोजनाबाट २५,६२२ मेगावाट विद्युत्् उत्पादन गर्ने प्रक्रियामा निर्माणको चरणमा रहेका आयोजना हुन् ।  पन्ध्रौं आवधिक योजना २०७६–२०८१ ले मा ५००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसका लागि ३ वर्षभित्र नै ३२०० मेगावाट विद्युत् थप्नुपर्ने आवश्यकता देखिन्छ । २०७८ सालमा पहिलोपटक ३९ मेगावाट विद्युत् भारतलाई विक्री गरियो ।  मागतर्फ हेर्दा यही २०७८ पुस १४ गते अहिलेसम्मकै सबैभन्दा बढी १६९९ मेगावाट विद्युत् माग भयो । । उपत्यकामा ४५० मेगावाट विद्युत्को माग भएपछि ११ केभी वितरण क्षमता भएका ट्रान्सफर्ममरहरू नै जलेर फेर्नुपर्ने अवस्था आएको छ । नेपाल विद्युत् प्राधिकरणले ३४५ विद्युत् आयोजनाबाट उत्पादन हुने ६१६२.८ मेगावाट जडितक्षमताका लागि खरीद विक्री सम्झौता गरिसकेको छ । उत्पादित विद्युत् प्रसारण गर्नका लागि विद्युत् प्रसारणलाइन बनाउनुपर्छ जसलाई विद्युत् राजमार्ग भनिन्छ । उत्पादन स्थलबाट विद्युत् प्रसारण गरी सबस्टेशनसम्म पुर्‍याउन ३३ केभी, ६६ केभी, १३२ केभी, २२० र ४०० किलो भोल्टेजका पाँचथरी प्रसारण लाइनबाट विद्युत् प्रसारण गरिन्छ । २०७६/७७ सम्म ६६ केभीको ५१४ किलोमिटर, १३२ केभीको ३२४० किमी, २२० केभीको ४३७ किलोमिटर, ४०० केभीको ७८ किलोमिटर (यस्तो सर्किट किलोमिटर भन्ने गरिन्छ) जडान भएको छ । नेपालमा हालसम्म ४८७४ सर्किट किमी प्रसारण लाइन बनेको छ । यी सबै उत्पादन र निर्माणका आँकडाहरू दिन प्रतिदिन बढ्दै गएका छन् ।  आगामी २ वर्षभित्र नेपालका सबै घरमा उज्यालो पुर्‍याउने लक्ष्य सरकारले लिएको छ । मङ्सिर १, २०७८ बाट २० युनिट विद्युत् उपभोक्तालाई निःशुल्क दिने र यो २० युनिटका लागि जम्मा रू. ३० तिर्नेगरी विद्युत् नियमन आयोगले मूल्य निर्धारण गरेको छ । विद्युत् खरीद विक्री गर्न विद्युत् प्राधिकरणको अधिकांश शेयर रहनेगरी ‘विद्युत् व्यापार कम्पनी’ स्थापना गरिएको छ । यी सबै घटनाले के देखाउँछ भने जलविद्युत् नेपालका लागि अति महत्त्वपूर्ण ऊर्जाको स्रोत र सम्पन्नताको आधार हो । तापनि पूँजी, प्रविधि र बजारको कमीको कारणले नेपालमा जलविद्युत् उत्पादन त्यो लेभलमा हुन सकेको छैन जुन तहमा यो हुन पर्दथ्यो । अहिलेसम्म सबैभन्दा ठूलो जलविद्युत् आयोजना चीनमा रहेको छ । थ्री गर्जेज हाइड्रो पावर प्लान्टको उत्पादन क्षमता २२५०० मेगावाट छ । याङ्जे नदीमा ३२ टर्वाइन बाट ७०० र २ टवाईनबाट ५० मेगावाटका दरले विद्युत् उत्पादन गरिन्छ । त्यसैगरी ब्राजिल र पराग्वेबीचको इटापु आयोजना १४००० मेगावाट, गुरी, भेनजुयलाबाट १०००० मेगावाट विद्युत् उत्पादन गरिएको छ । यसैगरी ब्राजिलको टुक्युरी ८३७०, अमेरिकाको ग्रान्ड क्युली ६८०९, रूसको ६४०० मेगावाट स्यानो–सक्साया, चीनकै लङटाङ ६३०० मेगावाट, रूसको क्रास्नोयास्र्क रसिया ६००० मेगावाट र रबर्ट– बौरासा ५६१६ क्यानडा र चर्चहिल फल्स क्यानडा ५४२८ मेगावाट क्यानडा विश्वका ठूला आयोजना हुन् । नेपालमा यस्ता ठूला आयोजना नबन्नुका पछाडि पानी, भूगोल, प्रविधि, पूँजी वा जनशक्ति के बाधक हो, पत्ता लगाई जनताको जीवनस्तर नै परिवर्तन गर्ने सोचका साथ काम गर्न पनि हाम्रो वास्तविक विद्युत् उत्पादन क्षमताका बारेमा आधिकारिक क्षमता खोजीमा लागौं । पछिल्ला दिनमा भारतको गौतम अडानी समूहलाई नेपेक्स समुहले ५०० मेगावाट विद्युत् बेच्ने सम्झौता र २४५ मेगावाट भारत सरकारले नै किन्ने साथै विद्युत् प्राधिकरणको एकाधिकार तोडिने निर्णयले गर्दा अब जल विद्युत्का शेयर पनि किन्दा राम्रै हुने अवस्था छ । लेखक कैलाशकु्ट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।

माघ ६ गते बिहीबार, यस्तो छ आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । ज्ञान र अध्यात्मको भावना बढ्नेछ, तर शेयर बजारको लगानी लाभदायक नहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । […]

‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूरको निधन

मुम्बई(आजतक)– भारतीय टेलिभिजन रियालिटी ‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूर अनेजाको हृदयघातका कारण इजिप्टमा निधन भएको छ । जगनूर इजिप्ट घुम्न गएका थिए । बुधबारमात्र जगनूरले इन्स्टाग्राममा आफ्नो एक भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा उनले आफ्नो इजिप्ट यात्राको फोटो लगातार शेयर गरिरहेका थिए । उनले रिल भिडियो शेयर गरेका थिए । जसमा उनी इजिप्टको […]

https://www.onlinekhabar.com/2020/03/843645

२९ फागुन, काठमाडौं । प्रमुख भारतीय शेयर बजार बिहीबार घटेका छन् । भारतीय शेयर परिसूचक सेन्सेक्स बिहीबार अघिल्लो दिनको तुलनामा २९१९ दशमलव २६ अंकले घटेर ३२७७८ दशमलव १४ अंकमा आइपुगेको हो । भारतको सरकारले विश्वभर यात्राको …