चुनाव सकिएसँगै बैंकमा पैसा फर्कियो, बैंकहरुले लगानी बढाउँदै

स्थानीय निर्वाचन, २०७९ सकिए लगत्तै बैंकमा पैसा फिर्ता हुन थालेको छ । चुनावको मुखमा पैसा बाहिरिए पनि पछिल्लो समय पुनः बैंकमा निक्षेप (डिपोजिट) बढ्न थालेको हो । बैंकर्स संघले दिएको रिपोर्ट अनुसार यस हप्ता अर्थात् वैशाख ३० गतेदेखि जेठ ६ गतेसम्ममा बैंकहरुमा ७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । समीक्षा अवधिका ७ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यो २७ वटा वाणिज्य बैंकहरुको मात्र तथ्याङ्क हो । उसो त अघिल्लो हप्ता अर्थात् वैशाख २३ गतेदेखि ३० गतेसम्म यस्त