नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सीमा नाका बन्द गर्नुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसियु बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदै छैन् । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ । सिमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । तत्काल कडाईका साथ सिमा नाका बन्द गर्नुपर्छ । र, सिमाको व्यवस्थापनमा अब नेपाली सेनालाई ...