शुक्रबार बिहान लविवमा तीन ठूला बिस्फोट हुने बित्तिकै आपतकालीन सेवाका वाहन साइरन बजाउँदै घटनास्थलतर्फ दौडन थाले । यो हमलामा रुसको मिसाइलले पश्चिमी युक्रेनको लविव शहरमा एउटा विमान मर्मत प्लान्टलाई निशाना बनाइयो ।मिसाइल हमलाको निशाना बनेको प्लान्ट शहरको केन्द्रीय इलाकाभन्दा ६ किलोमिटर मात्रै टाढा छ ।राहतको कुरा के हो भने यो हमलामा कोही पनि घाइते भएका छैनन् ।आखिर रुसले लविवलाई निशाना किन बनायो ? लविवमा हमला गर्नुलाई यो युद्धमा यति धेरै महत्व किन दिइएको छ ? के रुसका राष्ट्रपति भ्लादिमिर पुटिन य