काठमाडौँ : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय राख्न प्रस्ताव गरेका छन्।गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले संघमा १२ र प्रदेशमा ७ वटामात्र मन्त्रालय भए पुग्ने धारणा राखेका हुन्। संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौती गरेर १२ मा झार्नुपर्ने उनको तर्क थियो।मंगलवार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा उपमहासचिव गुरुङले संघीय सरकार मातहतका