आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो, काठमाडौं । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् । तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी ? र कहिले ? यो प्रश्न उठ्दै आइरहेको छ । हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानुनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ । शहरमा शिक्षित मानिसको बसोवास रहेपनि नैतिकता भने कमै देखिन्छ । शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित दे