कास्कीको सेती नदीमा पक्की मोटरेबल पुल निर्माणको काम सुरु

कास्की – कास्कीको सेती नदीमा पक्की मोटरेबल पुल निर्माणको काम सुरु भएको छ । रातोपानीमा बन्न लागेको पुलले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ र ३ लाई जोड्नेछ । पुल नहुँदा वडा नम्बर २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम थालिएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । सेतीमा पक्की पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार हुने गरेको माछापुच्छ्रे वडा नम्बर २ सार्दिखोलाका पुष्पराज गौतमले बताउनुभयो । यस...

सम्बन्धित सामग्री

म्याग्दीखोलामा मोटरेबल पुल निर्माण

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित छ्यारछ्यारेमा ४० मिटर लम्बाइ भएको पक्की मोटरेबल पुल निर्माण गरिएको छ ।

म्याग्दी नदीमा दुईवटा मोटरेबल पुल निर्माण

म्याग्दी, १३ वैशाख । मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङ्गला–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतबाट मङगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो । पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक […]

मीरगन्ज पुलले राहत

भारतले जोगबनी नाकानजिक रहेको मीरगन्जस्थित परमान नदीमाथि पक्की मोटरेबल पुल निर्माण गरी सबै किसिमका सवारी साधन आवतजावतका लागि अनुमति दिएसँगै नेपाली व्यवसायीका लागि ठूलो राहत भएको छ । परमान नदीमा सञ्चालनमा रहेको पुल एक वर्षअघि धस्किएपछि सम्पूर्ण रूपमा आवागमन बन्द भएको थियो । पूर्वी क्षेत्रका उद्योगी–व्यवसायीले वर्षौंदेखि यही सडकमार्ग हुँदै सामान आयात–निर्यात गर्दै आएका थिए […]

म्याग्दी खोलामा दुई मोटरेबल पुल निर्माण

म्याग्दीमा ग्रामीण बस्तीलाई लक्षित गरेर नदी तथा खोलामा पक्की मोटरेबल पुल निर्माण भएका छन् । बाह्रै महिना सहज यातायात सुविधा उपलब्ध गराउन कालिगण्डकी, म्याग्दी र रघुगंगा नदी तथा सहायक खोलामा पक्की पुल निर्माणले प्राथमिकता पाएका हुन् । ग्रामीण बस्ती र स्थानीय तहहरूको केन्द्र जोड्ने गरी संघीय र प्रदेश सरकारले मोटरेबल पुल निर्माण कार्य धमाधम गरिरहेको […]

सडक पुगेपछि झोलुंगे पुल प्रयोगविहीन

रुकुम- नागरिकको सहज आवतजावतका लागि रुकुम पश्चिममा निर्माण गरिएका झोलुंगे पुल प्रयोगविहीन बन्न थालेका छन् । कुनैबेला एक ठाउँबाट अर्कोठाउँ जान तथा ग्रामीण क्षेत्रको समस्या हल गर्न खोला र नदीमा बनाइएका झोलुंगे पुल प्रयोगविहीन बन्न लागेका हुन् ।पछिल्लो समय गाउँ–गाउँमा ग्रामीण सडक तथा पक्की मोटरेबल पुल निर्माण भएसँंगै जिल्लाका विभिन्न क्षेत्रमा बनाइएका झोलुंगे पुल अहिले […]

कालीगण्डकीमा पुल निर्माण

अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयले ठेक्कामार्फत ७० मिटर लामो पक्की मोटरेबल पुल निर्माण गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । हिम सगरमाथाका प्रा...

बेनी–जोमसोम–कोरला सडक : कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण

म्याग्दी । अन्तरदेशीय व्यापारिक महŒवको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभीरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजै सवारी आवतजावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो । महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुईओटा मोटरेबल पुल निर्माणका लागि २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रू. १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । ८० मिटर लामो महभीरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए । ‘पुल र पहुँचमार्ग निर्माण सकिएको छ,’ उनले भने, ‘हस्तान्तरण भएपछि औपचारिक रूपमा पुलमा सवारी सञ्चालन गर्ने तयारी छ ।’ ११ मिटर फराकिलो दुईओटै पुल निर्माणका लागि ठेकेदार आफैले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । २ वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो । कोरोना महामारी र बाढी पहिरोजस्ता प्राकृतिक विपद्कै बीच सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा–२ को सिमानास्थित कालीगण्डकी नदीमा समेत पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ७० मिटर लामो पोखरेबगरको पुलको रङरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रूप दिन बाँकी छ । २०६४ सालमा ट्र्याक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका छन् । बेनी–जोमसोम सडकअन्तर्गत नै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ । रू. ८ करोड ४७ लाख लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताए । पुलको वारि र पारि ५०० मिटरको पहुँच मार्ग र तलमाथि दुईतर्फ २६० मिटर लम्बाइमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको बेनीदेखि चिनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्र र स्तरोन्नतिको काम भइरहेको छ । रू. ६ अर्बको लागतमा बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न सातओटा खण्डमा काम भइरहेको छ । चारओटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निमित्त प्रमुख अश्विनीकुमार यादवले बताए । सो सडक स्तरोन्नति र कालोपत्र भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र व्यापारमा महŒवपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए । रासस

कालीगण्डकीमा मोटरेबल पुल निर्माण

म्याग्दी । अन्तरदेशीय व्यापारिक महत्त्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजरुपमा सवारी आवत जावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण […]

पूर्वाधार विकास साझेदारीको बजेटबाट पक्की पुल

स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटले २ वडा जोड्ने पक्की पुल निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–१० र ११ को भर्‍याङ्दी जोड्ने खोलामा चालू आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले पक्की मोटरेबल पुल निर्माण गरिएको हो । १० मिटर लामो पुल निर्माणका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । उक्त रकमबाट उपभोक्ता समितिले पुल निर्माण गरी १ किलोमिटर सडकमा ग्राभेलसमेत गरेका छन् । उक्त पुलको शनिवार उद्घाटन गर्दै सां...

दर्जन बढी मोटरेबल पुल निर्माण हुँदै

डडेल्धुराका विभिन्न ग्रामीण सडकमा एकदर्जन बढी मोटरेबल पुलको निर्माणकार्य भइरहेको छ । जिल्लाको सातवटै स्थानीय तहका विभिन्न ग्रामीण सडकका नदी तथा खोलामा सानादेखि ठूला गरी एकदर्जन बढी पक्की मोटरेबल पुल निर्माण भइरहेका छन् ।