हरियो चुरा लगाएपछि पतिको दीर्घायु हुन्छ ?

हिन्दू धर्मको परम्परागत संस्कृति अनुसार चुरा, टीका, पोते नारीको सौन्दर्यको गहना मानिन्छ। ज्योतिषशास्त्र अनुसार, हरियो रङ बुध ग्रहको प्रतीक हो। हरियो रङ लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ। अनि यस रङले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास छ। विवाहित महिलाका लागि रातो रङ खुशी र सौभाग्यको प्रतीक हो भन्ने गरिन्छ। अनि हरियो […]

सम्बन्धित सामग्री

सुरु भयो मेहेन्दी, पहेँलो हरियो चुरा-पोतेको मौसम (फोटोफिचर)

साउन सुरु भएसँगै बजारमा हातमा मेहेन्दी लगाउने र पहेँलो र हरियो चुरा- पोते किन्नेको भीड लागेको छ । भगवान् शिवको आराधना गरिने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा-पोते तथा हातमा मेहेन्दी लगाउने गर्छन् ।पोते र मेहेन्दी लगायो भने पतिको दीर्घायु बढ्छ भन्ने विश्वास छ । 'अविवाहितहरूले भने शिव जस्तै पति पाउँछन् भन्ने जनविश्वास रहेको छ त्यसैले म पनि मेरो पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै साउन महिनाको सोमबार व्रत बस्ने छु