काठमाडौं (अस) । सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ– संस्थालाई सहयोग गर्दै आएको मुक्तिनाथ विकास बैंकले बताएको छ । बैंकले मंसिर महिनामा दुई विभिन्न सामाजिक कार्यमा सहयोग गरेको छ ।
बैंकले गोदावरी नगरपालिका–१ ढुंगासाँघु, ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्ले निर्माणका लागि १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक स्थिति कमजोर भएका बालबालिकामा खेल प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई निःशल्क टेबल टेनिस तालिम दिन ४० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले बताएको छ ।