स्थानीय तहभन्दा पहिला प्रतिनिधि सभा चुनावको बहसः के मुलुक ‘अर्ली इलेक्सन’मा जाँदैछ ?

सामान्य कार्यतालिका अनुसार यही वर्षको अन्त्यसम्म अर्थात् २०७८ को फागुन–चैतमा स्थानीय तहको र आगामी वर्षको मंसिरमा प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ । तर, मुलुकमा बढ्दै गएको राजनीतिक घटनाक्रमले आगामी वर्षको मंसिरभन्दा अगावै मुलुकमा प्रतिनिधि सभाको निर्वाचन हुनसक्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सभामुख अग्नि सापकोटाबीचको द्वन्द्वले संसद् सही ढंगले चल्न नसक्ने तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार पनि लामो समय चल्न नसक्ने भएकाले मुलुक फेरि समयावध...