फास्ट ट्य्राकमा सुरुङ निर्माण विवाद : ठेक्का रद्द गर्न सेनालाई लेखा समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरुङ निर्माण ठेक्का प्रक्रिया रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ । समितिले सेनालाई बुधबार पठाइएको ताकेतापत्रमा ठेक्कासँग सम्बन्धित कागजपत्र यथाशीघ्र पठाउन भनिएको छ ।