उपराष्ट्रपति पुनद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज (शनिबार) विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपतिले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।