माघ ११ र १२ गते बुटवलमा हुने बैंकिङ÷बिमा तथा पुँजीबाजरसम्बन्धी प्रदर्शनीको तयारी तीव्र गतिमा भइरहेको अयोजक मिडिया इन्टरनेसलले जनाएको छ । मुलुकभर वित्तीय सचेतना र बिमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, वाणिज्य बैंकहरू, विकास बैंक, बिमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्सलगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ ।