अझै नियन्त्रणमा आएन कपिलवस्तुको हैजा, साढे दुई लाख डोज खोप लगाइँदै

कपिलवस्तु- कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणको लागि मंसिरको पहिलो सातादेखि खोप लगाइने भएको छ । खुला दिसामुक्त उन्मुख कपिलवस्तुको पाँच स्थानीय तहमा १८ असोजदेखि फैलिएको हैजाले आधादर्जन मानिसको ज्यान गइसकेको छ । हैजाको जोखिम निरन्तर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट उपलब्ध ‘ओरल कोलोरा भ्याक्सिन’ खुवाउने तयारी भएको हो । […]