वाशिङ्टन । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशंका गरिएको एउटा डुंगामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । ट्रम्प प्रशासनले ‘नार्को–आतंकवादी’ भन्दै लक्षित गर्न थालेयता अमेरिकी सेनाले डुङ्गामाथि गरेको आक्रमणमा मारिनेको सङ्ख्या पछिल्लो घटनासहित कम्तीमा २३१ पुगेको छ । पूर्वी प्रशान्त […]
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, 'अब यदि कुनै चमत्कार भएन भने …
४ असोज, काठमाडौं । कप्तान चमारी अथापथुले शानदार ब्याटिङ गरेपछि श्रीलंकाले एसियन गेम्सको महिला क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।
आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै स्वर्ण पदक भिडन्त पक्का गरेको …
डा. बस्न्यात विश्वकै सबैभन्दा ठूलो टाइफाइड खोप परीक्षण सफलतापूर्वक सञ्चालन गर्ने अनुसन्धान टोलीमा समेत संलग्न थिए। उक्त अनुसन्धान चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमा नै एक जनाको मृत्यु भएको छ । धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । अन्य विवरण पनि प्राप्त भएको छैन । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ ।
नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य एकैदिन प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा शुक्रबारको […]