सत्ता गठबन्धनका नेताहरु मन्त्रीपरिषद बिस्तारबारेको निर्णायक छलफलमा जुट्दै

काठमाडौँ – मन्त्रीपरिषद बिस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बिहीबार बस्दैछ । केही बेरमा बस्ने बैठकमा गठबन्धनका नेताहरुको सहभागिता हुने र यो बैठकले सम्भवत मन्त्रीपरिषद बिस्तार बारे अन्तिम निर्णय लिने छ। बिहीबार नै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले यसअघि जानकारी दिएका थिए। बुधबार बिहानाको सत्ता गठबन्धनको बैठकले बिहीबार बिहानसम्म यसबारे […]

सम्बन्धित सामग्री

सिट बाँडफाँटको अन्तिम कसरतमा सत्ता गठबन्धन

सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन्। दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको जसपाका प्रवक्ता मनिस सुमनले बताए ।भोलि विहानसम्म भएपनि सिट बाँडफाँट टुंग्याउने तयारीका साथ छलफल भइरहेको उनले रातोपाटीलाई बताए । साउन २० गतेबाट नियमित जसो छलफल हुँदा पनि गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र