पोखरा – अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कांग्रेस युवाले कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नाराबाजी गरेका हुन् ।
कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र कास्की १ (क) मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । त्यस क्षेत्रमा कांग्रेस कास्कीका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ (क) का उम्मेदवार हारेपछि कांग्रेसमा अन्तर्घात भएको आराेप लागेकाे...