टर्की पठाइदिन्छु भनेर १ करोड १६ लाख ठगी, पोखराकी सुरुची भुजेल पक्राउ

काठमाण्डाै – वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भनेर एक करोड १६ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।ठगी आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ लेखनाथ टोलकी सुरुची भुजेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । पक्राउ परेकी भुजेलसमेतले टर्कीमा गएको भूकम्पपछि पुनःनिर्माणका लागि संयुक्त राष्ट्र सङ्घ माताहत रहेर काम गर्नुपर्ने र मासिक १४ सय डलरमा काम लगाइदिने भन्दै पैसा उठाएका थिए ।पक्राउ परेका श्रेष्ठले सिर्जनकुमार राईसहित ३० जनाको एक करोड १६ लाख रुपै...

सम्बन्धित सामग्री

१ करोड ३६ लाख ठग्ने म्यानपावर सञ्चालक पक्राउ

काठमाडौं : नेदरल्याण्ड्स पठाइदिने आश्वासन दिएर १ करोड ३६ लाख ५० हजार रूपैयाँ ठग्ने म्यानपावर सञ्चालक पक्राउ परेका छन्।खोटाङ बाह्रपोखरी गाउँपालिका-५ देवथान घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने मुन ह्युमन रिसोर्सेस प्रालिका सञ्चालक वर्ष ३५ को प्रकाश राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।उनले रसुवा गोसाईँकुण्ड गाउँपालिका-५ ठूलोस्याप्रुका २७  वर्षीय निमा काल्तेन तामाङसमेत १६ जनालाई वर्किङ भिसामा नेदरल्याण्ड्स जान प्रतिव्यक्ति १६ लाख रूपैय

नेदरल्यान्ड पठाइदिन्छु भनी १ करोड बढी रकम लिएर फरार युवक पक्राउ

नेदरल्यान्ड पठाइदिन्छु भनी १ करोड बढी रकम ठगी गरेर फरार एक युवक पक्राउ परेका छन् ।  खोटाङ बाह्रपोखरी ५ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३५ वर्षीय प्रकाश राई पक्राउ परेका हुन् ।  राईले रसुवा गोसाइँकुण्ड गाउँपालिका ५ हाल काठमाडौंको नागार्जुैन बस्ने २७ वषीएय निमा तामाङ लगायत १६ जनालाई नेदरल्यान्डको भिसा लगाइदिने भन्दै रकम ठगी गरेका थिए । राईले उनीहरुबाट प्रतिव्यक्ति १६ लाख रुपैयाँ उठाएको प्रहरीले जानकारी दिएको छ ।  विदेशमा पानीजहाजमा काम लगाई मासिक ७५ हजार तलब हुने प्रलोभन देखा

बैकिङ कसुर मुद्दाका दुई फरार पक्राउ, एकलाई साढे १६ लाख र अर्कालाई १ करोड जरिवाना

काठमाडौं। बैंकिङ कसुरका दुई छुट्टाछुट्टै मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि-६ बस्ने

कर्णाली प्रदेश प्रहरी : ६ महीनामा २९ करोडभन्दा बढी राजस्व संकलन

सुर्खेत । न्यून स्रोत साधन र जनशक्ति अभाव हुँदाहुँदै पनि कर्णाली प्रदेश प्रहरीले तोकिएका लक्ष्य सफलतापूर्वक पूरा गर्दै आएको पाइएको छ । प्रदेशका १० ओटै जिल्ला प्रहरीद्वारा कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयन हुँदा तोकिएको लक्ष्य हासिल भएको हो । चालू आर्थिक वर्षको ६ महीनामा प्रदेश प्रहरी कार्यालयले विभिन्न शीर्षकबाट २९ करोड ८३ हजार ५२४ रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीहरू १४१ जनालाई पक्राउ गरी ७३ वर्ष ९ महीना २८ दिन कैद सजाय भुक्तानसँगै १६ लाख १० हजार ८०० रुपैयाँ जरिवाना असुल उपर गरेको छ । यो अवधिमा दुर्घटना दरमा न्यूनीकरणका लागि ७६७ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ लाख ६९ हजार ७९० जना लाभान्वित गराइएको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा प्रदेशभर सवारी दुर्घटना २०३ ओटा भएको थियो भने सवारी दुर्घटनामा परी ११८ जनाको मृत्यु र ५१५ जना घाइते भएका छन् । यस्तै भन्सार छलीका लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामाग्रीसहित १ करोड ३४ हजार ५६४ रुपैयाँ बराबरको राजस्व असुली भएको छ । यसैगरी नदी तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानूनी उत्खनन तथा ओसारपसारमा संलग्न ५८ सवारीसाधन र ५१ जनालाई कारबाही गरी २ लाख ४० हजार ५७० रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेश प्रहरी कार्यालयले पछिल्लो ६ महीनामा ३४८ जना प्रहरीलाई पुरस्कृत गर्नुका साथै १५८ जनालाई कारबाही गरिएको छ । विभिन्न निकायको समन्वयमा विभिन्न स्थानमा ४४ थान सीसीटीभी जडान तथा ४० ओटा मर्मत गरी २४५ स्थानमा सीसीटीभीको व्यवस्था गरिएको बताइएको छ । यस्तै अवैध हातहतियार २४ थान बरामद र १५ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए । सो अवधिमा लागूऔषध दुव्र्यसन तथा अवैध बेचबिखन गर्ने ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारबाही गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा विभिन्न किसिमका लागूऔषध, घरेलु हिंसा लगायत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम ३ हजार ५७९ ओटा भएका छन् ।