प्रजातन्त्र दिवसको अवसर पारेर कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरू बिहानै सरसफाइ कार्यक्रममा जुटेका छन् । उनीहरूले वीरेन्द्रनगरकै पर्यटकीय स्थल सहिद पार्कमा गएर सरसफाइ कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाएका हुन् । सहिद पार्क पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा भाइरल स्थल हो । कर्णाली प्रदेश सरकारले शुक्रबारदेखिनै विविध कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत आज दोस्रो दिन सरसफाइ कार्यक्रम गरिएको हो। वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखि त्यो स्थल झण्डै एक किलोमिटर उत्तरतर्फ पर्दछ । सरसफाइ कार