नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा आठ विधामा सात हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने भएको छ । प्रतियोगिताका संयोजक डा. शीतलकाजी श्रेष्ठले बिहीबार राइट टु प्रोटिनको अन्तिम...
काठमाडौँ : नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा ७ हजार २८६ जनाले भाग लिने संयोजक डा शीतलकाजी श्रेष्ठले आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) र ३ किमी (महिला), अपाङ्गता भएका भएका व्यक्तिका लागि ह्विलचेयर र बालब
काठमाडौं- नेपाल भेटेरिनरी एसोसिएसनले प्रोटिनमाथिको अधिकार आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन हाफ म्याराथनको आयोजना गर्ने भएको छ । एसोसिएसनको आयोजनामा आगामी चैत १० गते राजधानीमा ‘राइट टु प्रोटिन रन’ हुने भएको छ । हाफ म्याराथन दशरथ रंगशालाबाट सुरु भएर रंगशालामै समापन हुनेछ। यस वर्षको म्याराथन तथा अन्य विधाका दौड प्रतियोगितामा सात हजार बढी धावक […]
काठमाडौं । ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को उपाधि महिलातर्फ एपीएफकी फुलमती राना र पुरुषतर्फ आर्मीका दीपक अधिकारीले जितेका छन् । नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा फुलमतीले निर्धारित दूरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारिन् । राममाया उक्त दूरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् ।
तेस्रो भएकी आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दूरी १ घण्टा २३ मिनेट १० सेकेन्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्का १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन् । पुलिसकी अञ्जु खड्का १ घण्टा ३२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् ।
पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जिते । दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । दोस्रो भएका राजनले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए । भारतीय सेनाका नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने । चौथो बनेका तीर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गरे । तीर्थ गतवर्षको च्याम्पियन खेलाडी हुन् ।
आर्मीका सुशीलकुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पूरा गर्दै पाँचौं स्थान हासिल गरे । म्याराथनका दुवैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गरे ।
त्रिभुवन आर्मी क्लबका खेलाडीले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा शीर्ष पाँच स्थान प्राप्त गरेका छन् । महिला खुला ५ किलोमिटर दौडमा शीर्ष २ पनि आर्मीकै खेलाडी रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीलाई पुरस्कृत गरे । आयोजक संस्थाका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले प्रतियोगितामा ४ हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा नेपाल दाना उद्योग संघ र संघ अन्तर्गतका दाना उद्योग सहयोगीको रूपमा रहेका थिए ।
काठमाडौं । गरीबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री दाहालले सरकारको निरन्तर प्रयास हुँदाहुँदै पनि नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पुग्न नसकेको बताउनुभयो । प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुग्ने अवस्था रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
‘तथ्यांकअनुसार सन् २०१९ मा पाँच वर्षमुनिका ३२ प्रतिशत बालबालिकाले उमेर अनुसारको उचाइ प्राप्त गर्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘उमेरअनुसार प्रोटिनको जति आवश्यकता हुन्छ, सोअनुसारको उपलब्ध हुन नसक्दा यस्ता समस्या हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ । पुड्कोपना र कुपोषणको समस्याबाट विशेषगरी गरीबीको रेखामुनि रहेका समुदाय बढी पीडित रहेको पाइन्छ ।’
पहिलो एक हजार दिनमा बालबालिकालाई उपलब्ध हुने पोषणले उनीहरूको समग्र स्वास्थ्यमै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको उहाँले उल्लेख गर्नुभयो । गर्भवती महिला र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रम सरकारले सञ्चालन गरिरहेको जानकारी उहाँले दिनुभयो । पोल्ट्री उद्योगले अण्डा र मासुमार्फत प्रोटिनको आपूर्तिमा योगदान पुर्याएको र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेको उहाँले बताउनुभयो ।
‘पोल्ट्री उद्योगले बर्ड फ्लूलगायत रोग, कच्चापदार्थको मूल्य, औषधिलगायतको समस्या भोगिरहेकोबारे सरकारलाई अवगत छ,’ उहाँले भन्नुभयो, ‘यी समस्या समाधान गरी पोल्ट्री उद्योगलाई थप सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ रासस
‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन दौडमा ३ हजार ६ सयभन्दा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भेटेरिनरी संघको आयोजनामा सन्तुलित आहारको सन्देश दिने लक्ष्यसाथ शनिबार हाफ म्याराथन आयोजना हुँदै छ ।
नेपाल भेटेरिनरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ । हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए ।पुरुष-महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड तथा व्हीलचेयरमा प्रतिस्पर्धा हुनेछ । सातै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी १० लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । हरेक प्रस्पर्धामा पाँचौं स्थानसम्म आउनेलाई नगदबाट