पाल्पाको पूर्वखोला गाउँपालिमा नेपाली कांग्रेसको पार्टी सभापति चुनिएकी विष्णुकुमारी आचार्य अहिले फोनबाट बधाई थाप्नमा व्यस्त छिन् ।
उनी लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा निर्वाचित कांग्रेस सभापतिमध्ये एक्लो महिला हुन् । उनलाई कांग्रेस युवा नेता गगन थापादेखि प्रदेश तहका नेताहरूले समेत फोनबाट बधाई दिएका छन् ।
५० वर्षको उमेरमा राजनीतिको नेतृत्वमा आएर दौडधुपमै व्यस्त रहेकी उनी आफ्नो दिनचर्यालाई व्यवस्थित बनाउँदै लगेको बताउँछिन् ।
अहिलेसम्म लुम्बिनीका ९ जिल्लाका ७८ पालिकामा नेतृत्व चयन भइसकेको छ । बाँकेलगायत केही जिल्...