प्रमुख व्यापार साझेदार मुलुक भारतमा नेपालको निर्यात घटेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा भारततर्फको निर्यात २०.८४ प्रतिशतले घटेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार साउन महिनामा नेपालले भारतमा आठ...
आर्थिक मन्दीसँगै विद्युत खपत घटेको छ भने निर्यात बढेको छ । यो वर्ष विद्युत निर्यात १० प्रतिशतले बढेको हो । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा प्रतिघण्टा १५.९ प्रतिशत गिगावाट बिजुली निर्यात भएको छ । ‘चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट १ हजार ११ गिगावाट घण्टा विद्युत आयात भएको छ भने १ हजार ५३ […]
काठमाडौं, ८ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत)मा नेपालको निर्यात व्यापार २६.३४ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९को सोही अवधिमा नेपालले १ खर्ब ६० अर्ब ५७ करोड २९लाख १०हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।
चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो । गत […]
काठमाडौं, पुस १८ । चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो । […]
काठमाडौं, कात्तिक १७ । सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापार निराशाजनक देखिएको छ। चालु आर्थिक वर्ष ०७९-८० को पहिलो तीन महिनामा (असोजसम्म) को निर्यात ३५.७१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा निर्यात १०९ प्रतिशतले वृद्धि भएको थियो। हरेक वर्ष निर्यात बढ्दै आएकोमा चालु आवको […]
काठमाडौं।नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट १५ करोड ७६ लाख २५ केजी रुपैयाँको २६१ केजी यार्सागुम्बा विदेश निर्यात भएको छ।यार्सागुम्बा प्रतिकेजी ६ लाख ३ हजार ९२७ रुपैयाँका दरले नेपालबाट निर्यात भएको देखिन्छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ नेपालले २० करोड २२ लाख ३५ हजार रुपैयाँको ३५६ केजी यार्सागुम्बा निर्यात गरेको थियो।
आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ह्वात्तै घटेको देखिएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा जुत्ताको निर्यात ६० प्रतिशतले घटेको छ । आव २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार थान जुत्ता निर्यात भएकोमा उक्त संख्या घटेर आव २०७७/७८ मा २२ लाख ७४ हजार थानमा सीमित हुन पुगेको छ । गएको आर्थिक वर्षमा रू. ७३ करोड २० लाखको मात्र जुत्ता निर्यात भएको छ, जुन आव २०७६/७७