नेपालको दक्षिणी छिमेकी देश भारत यतिखेर कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लपेटिएको छ। त्यहाँ भाइरसका विभिन्न भेरियन्ट भेटिएका छन्। भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्टले त्यहाँको स्थिति निकै भयावह बनाइरहेको छ। दैनिक ३ लाख संक्रमित थपिइरहेका छन् भने २४ घण्टाभित्र ३ हजार हाराहारीमा संक्रमितको ज्यान गइरहेको छ। कोरोना महामारीले विकराल रुप लिएपछि अमेरिका लगायत मुलुकले आफ्ना नागरिकलाई भारत यात्रा नगर्न ट्राभल एड्भाइजरी नै जारी गरेका छन्। भारतमा फैलिएको महामारीलाई गम्भीरतापूर्वक