काठमाडौँ : प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।बिहीवारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रस्तुति दिँदै उनले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध गम्भीर बन्दै गएको बताएका हुन्। उनले नेपालमा राजनीति भेटघाटमा अमेरिकी, चिनियाँ र भारतीय अधिकारीहरूको जति धेरै आगमन बढ्छ त्यति धेरै नेपालको राष्ट्रिय सुरक्षा गम्भीर हुने बताए।उनले राजनीतिक नेतृत्व इमान्दार भएर काम गर्न नसकेको स्पष्ट पारे। उनले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाम