काठमाडौं। भारतको मनसुनी वर्षामा देखिएको परिवर्तनले एक अर्बभन्दा बढी मानिसलाई असर गर्ने अध्ययनले देखाएको छ। पट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चको अध्ययनले भारतमा एक डिग्री तापक्रम बढ्दा मनसुनी वर्षा ५ प्रतिशतले बढ्ने देखाएको छ। यसले सबैभन्दा बढी असर कृषि क्षेत्रलाई गर्नेछ। भारतमा धेरै कृषिमा निर्भर छन्। कृषक र कृषिजन्य वस्तुका उपभोक्तालाई यसले असर गर्ने जनाइएको छ।