सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँट

साउन ८, काठमाडौं । सिद्धार्थ क्यापिटलले सार्वजनिक निष्कासन गरेको खुलामुखी सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँट गरेको छ ।  क्यापिटलले असार १६ गतेदेखि २० गतेसम्म २ करोड इकाई विक्री गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई साउन ७ गते बिहीवार इकाई बाँडफाँट गरिएको क्यापिटलले जानकारी दिएको हो । क्यापिटलले खुला मुखी योजनाको इकाई विक्री पश्चात बाँडफाँट गरेको हो । योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबर्द्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गरेका छन् ।  खुलामुखी उक्त योजनाको कुल इकाई सर्वप्रथम सार्वजनिक रुपमा जारी गरी बाँडफाँट भइसकेपछि खुद सम्पत्ति मूल्यको आधारमा पुन : खरीद गर्न सकिने व्यवस्था छ । तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएका इकाई विक्रेता मार्फत दैनिक खुद सम्पत्ति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनः खरीद तथा विक्री मूल्यका रुपमा लिई इकाईको निरन्तर विक्री तथा पुन : खरीद गरिनेछ । प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।  क्यापिटललकै व्यवस्थापनमा सञ्चालन हुने गरी उक्त खुलामुखी योजनाको यस इकाई विक्री गर्न नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते स्वीकृति दिएको थियो ।   

सम्बन्धित सामग्री

सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाईमा मागभन्दा डेढ गुणा बढी आवेदन

असार २०, काठमाडौं । सिद्धार्थ क्यापिटलले सार्वजनिक निष्कासन गरेको खुलामुखी सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा डेढ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार असार २० गते साँझ ५ बजेसम्म ४२ हजार ८१५ जनाबाट ३ करोड ८१ हजार ४७० इकाई खरीदको लागि आवेदन परेको छ ।  क्यापिटलले असार १६ गतेदेखि असार २० गतेसम्म २ करोड इकाई विक्री खुला गरेको हो ।  योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबर्द्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछन् ।  खुलामुखी उक्त योजनाको कुल इकाई सर्वप्रथम सार्वजनिक रुपमा जारी गरी बाँडफाँट भइसकेपछि खुद सम्पत्ति मूल्यको आधारमा पुनर्खरीद गर्न सकिनेछ ।  तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएका इकाई विक्रेता मार्फत दैनिक खुद सम्पत्ति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा विक्री मूल्यका रुपमा लिई इकाईको निरन्तर विक्री तथा पुनर्खरीद गरिनेछ । प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । यो इकाई विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलनै रहेको छ । क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने गरी उक्त खुलामुखी योजनाको यस इकाई विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट जेठ २७ गते स्वीकृति पाएको थियो ।